सोमबारबाट बिक्री सुरु हुँदै ५३० किमी रेन्ज दिने एसयूभी

काठमाडौं । आगामी सोमबारबाट एमजीले सिंगल चार्जमा ५३० किलोमिटर रेन्ज दिने एसयूभी बिक्री थाल्ने भएको छ । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले ‘एमजी एस सिक्स’ मोडलको बिक्री थाल्न लागेको हो ।

एमजी एस सिक्स कम्पनीको ईभी लाइनअपमा सबैभन्दा ठूलो मोडल हुनेछ । एमजीले यसअघि एमजी फोर र एमजी एस फाइभ बिक्री गर्दै आएको थियो । अब एस सिक्स नयाँ मोडलको रुपमा आउने भएको हो ।

मोरिस ग्यारेज (एमजी) नेपालमा विगत ८ वर्षदेखि विद्युतीय साधन बिक्री गर्दै आएको ब्राण्ड हो । एमजीका विद्युतीय साधन नेपालमा सफल मानिन्छन् । यस्तोमा कम्पनीले ल्याउन लागेको नयाँ एसयूभीले बजारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा चासोका साथ हेरिएको छ ।

यस्तो छ एमजी एस सिक्स

एस सिक्स ४.७ मिटर सेग्मेन्टमा आउने एसयूभीमा १८० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ ।
कम्पनीले एस सिक्समा ७७ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ । यसमो डब्लूएलटीपी रेन्ज ५३० किलोमिटर प्रमाणित भएको छ ।

रियर ह्वील ड्राइभ सिस्टममा आउने एस सिक्सले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ । ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ ।

टेक्नोलोजीका हिसाबले पनि एमजी सिक्स निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।

बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ । ठ्याक्कैभन्दा एमजी सिक्स एक ‘प्रोपर’ एसयूभी हो ।


Back_to_top