बीएमडब्ल्यूले ल्यायो सबैभन्दा सस्तो एसयूभी ‘एक्स–१’, यस्तो छ मूल्य

लग्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले बहुप्रतिक्षित मोडल ‘एक्स–१ एसयूभी’को नयाँ भ्यारियन्ट ‘एक्स ड्राइभ–२० डीएम स्पोर्ट’ सार्वजनिक गरेको छ । 

सार्वजनिक भएको ‘एक्स ड्राइभ–२० डीएम स्पोर्ट’ फ्रन्ट ह्वील ड्राइभ कारको मूल्य एक्स ड्राइभ–२० डीएम भन्दा तीन लाख भारतीय रुपैयाँ सस्तो रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले बजारमा ल्याएको नयाँ कारको मूल्य ४१ लाख ५० हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ । 

यसअघि एक्सड्राइभ–२० डीएम स्पोर्टको मूल्य ४४ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको थियो । नयाँ कारमा २.० लिटर इञ्जिन दिइएको छ । जसले १९० पीएस पावरकासाथै ४०० एनएम टर्क उत्पादन गर्छ । दुबै भ्यारियन्टमा आठ स्पीड जेडअफ अटोमेटिक गियरबक्स लगाइएको कम्पनीले जनाएको छ । 

यसको बाहिरी डिजाइनमा एक्स ड्राइभ–२० डीएमको जस्तै छ भने यसमा लगाइएको हाइग्लोसी फिनिसिङ्गसहितको १६ पटिट्ले कारलाई निक्कै आकर्षक बनाएको छ ।

फ्रन्ट फेन्डरमा एम लोगो लगाइएको छ भने साइड स्कर्ट, ह्वील आर्च, बडी कलर क्लेडिङ्ग, एम स्पोर्ट सस्पेन्सन, एम डोर सिल फिनिसिङ्गलगायतका अत्याधुनिक विशेषता दिइएको छ । 

क्याविनसमेत क्लाइमेट कन्ट्रोल, एम्बिएन्ट लाइटिङ्ग, इलेक्ट्रीक एडजेस्टेबल फ्रन्ट स्पोर्ट, अटो डिमिङ्ग इन्साइड रियर भ्यू मिरिरलगायतका आधुनिक विशेषता दिइएको छ । 

प्यासेञ्जरको सुविधाका लागि बीएमडब्ल्यू एक्स–१ मा ६ वटा एयरब्याग, एबीएस, डायनामिक स्टेबिलिटी कन्ट्रोल, टेक्सन कन्ट्रोल, कानरिङ्ग बे्रेक कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, रनफ्लेट टायर तथा आईएसओफिक्स चाइल्ड सिटजस्ता स्ट्यान्डर्ड विशेषता दिइएको छ । 

बजारमा आएको बीएमडब्ल्यू एक्स–१ एक्सड्राइभ–२० डीएमले राम्रो बजार पकड्ने कम्पनीले आशा गरेको छ । 


Back_to_top