एउटै प्रडक्टले होन्डा भयो, भारतमा तेस्रो धेरै बिक्री हुने कार

जापानको कार निर्माता कम्पनी होन्डा, प्यासेञ्जर कारको बिक्री गर्ने भारतको तेस्रो ठूलो कम्पनी बनेको छ । 

भारतमा होन्डा कम्पनीले महिन्द्रालाई पछि पार्दै तेस्रो स्थान ओगट्न सफल भएको हो । जुलाई महिनामा बिक्री भएको सवारीसाधनको आँकडाको आधारमा होन्डाले तेस्रो स्थान हात पारेको हो । यो सफलता होन्डा अमेजले दिएको कम्पनीले जनाएको छ । 

आँकडालाई नियाल्दा होन्डाले जुलाईमा १९ हजार नौ सय ७० युनिट कार बिक्री गरेको छ भने महिन्द्रा कम्पनीले १९ हजार सात सय ८१ युनिट सवारीसाधन बिक्री गरेको छ । महिन्द्राको डोमेस्टिक सेलमा ६ प्रतिशतले गिरावट आउँदा होन्डाले आफ्नो बिक्री बढाएको छ । 

भारतीय बजारमा होन्डाको कुल सेल्समा अमेजको हिस्सा ५१ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।


Back_to_top