टु ह्वीलर्स निर्माण कम्पनी डुकाटीले भारतीय बजारमा चाँडै स्क्रम्बलर–११०० सार्वजनिक गर्ने घोषणा गरेको छ । डुकाटी स्क्राम्बलर–११०० भारतमा बिक्री–वितरण भैरहेको ८०० भन्दा बढी शक्तिशाली तथा पफर्मेन्स ओरियटेड मोटरसाइकल भएको कम्पनीको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा डुकाटी स्क्रम्बलरले राम्रो बजार लिइरहेको कम्पनीले दाबी गरेको छ । यो मोटरसाइकल स्ट्यान्र्डड, ११०० स्पेशल र ११०० स्पोर्टसहित तीन भेरियन्टमा भारतीय बजारमा आउनेछ । तिनै भेरियन्टलाई भारतमा एकैपटक सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।
डुकाटी स्क्रम्बलर–११०० डुकाटीको पुरानै डिजाइन हाउसबाट निर्माण गरिएको हो । यसको इञ्जिन कभर्स, क्लच तथा अन्य नयाँ पार्टस्मा एल्मुनियम फिनिस दिइएको छ । साथै, एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, डिस्प्लेमा राइडिङ्ग मोड, ट्याक्सन कन्ट्रोल सेटिङ्गजस्ता विशेषता दिइएको छ ।
डुकाटी स्क्रम्बलर–११०० मा १०७९ सीसी क्षमताको एयरकुल्ड एल ट्वीन इञ्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिन मास्टरले ७५ सय आरपीएममा ८५ बीएचपी पावर र ४७५० आरपीएममा ८८ एनएम टर्क उत्पादन गर्छ । यसको इञ्जिनमा ६ स्पीड गियरबक्स स्लपर क्लच दिइएको छ ।
स्क्रम्बलर–११०० स्पोर्टमा भने ४५८ मिलिमिटर यूएसडी फ्रन्ट र रियरमा मनोशक सस्पेन्सन दिइएको छ । यसको अगाडिको पाङ्ग्रामा ३२० मिलिमिटर तथा पछिल्लो पाङ्ग्रामा २४५ मिलिमिटर डिस्क बे्रक लगाइएको छ । डुकाटी स्क्रम्बलर–११०० को आधिकारिक मूल्य निर्धारण गरिएको छैन । भारतीय बजारमा यसको मूल्य ११ लाखदेखि १२ लाख भारतीय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

