नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । 

सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । 


Back_to_top