काठमाडौं । भारतीय बजारमा एसयूभी निर्माणमा अलग पहिचान बनाएको अग्रणी कम्पनी महिन्द्राले उत्पादन गरेको पहिलो सब फोर मिटर एसयूभी ‘एक्सयूभी-३००’ टर्बोस्पोर्ट सिरिज नेपाल आउन सक्ने भएको छ । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले केही समयपछि यसलाई बजारमा ल्याउने तयारी गरेको हो ।
महिन्द्राले एक्सयूभी ३०० मा १.२ लिटरको एमस्टालियन टीजीडीआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३१ हर्स पावर र २३० एनएम टर्क प्रदान गर्छ । जुन रेगुलर मोडलमा दिइएको टर्बो पेट्रोल इन्जिनको तुलनामा २१ हर्स पावर र टर्क ३० एनएमले बढी रहेको छ ।
पावरफुल टर्बोस्पोर्ट सिरिज ‘थ्रीलएनियल्स’मा रहेर निर्माण गरिएको महिन्द्रा एक्सयूभी-३०० विशेषगरी पेट्रोल र्याली, सहरी क्षेत्रसँगै लामो दुरीको यात्रा गर्न निकै रोमाञ्चक हुन्छ ।
नयाँ स्पोर्टी डिजाइनमा तयार भएको कारण स्पोर्टज् मोडल निकै आकर्षक देखिन्छ । यसको ग्रिलमा रातो इन्सर्ट प्रयोग गरिएको छ । कालो रंगमा दिइएको ओआरभीएम, कालो कलरमा सजिएको लेदर प्रयोगसहितको इन्टेरियर, क्रोम-फिनिस पेडल र डुअल-टोन एक्सटेरियर पाउन सकिन्छ ।
८ इन्चको फराकिलो इन्फोटेन्मेन्ट सिस्टम रहेको महिन्द्रा एक्सयूभी-३००मा एन्ड्रोइड अटो र एप्पल कारप्ले दुवै सपोर्ट गर्ने कनेक्टिभीटी, ब्लुसेन्स कनेक्ट, इलेक्ट्रीक सनरुफ र १७ इन्चको डायमण्ड कट अलोय ह्वील पाउन सकिन्छ ।
महिन्द्रा एक्सयूभी-३०० भारतमा बनेको सुरक्षित मध्येको एउटा मोडल हो । चाइल्ड र एडल्ट प्यासेन्जर सुरक्षामा ५ स्टार रेटिङ पाउन सफल यो एसयूभीमा ६ वटासम्म एयरब्याग, ईएसपी, हिल स्टार्ट असिस्ट, एबीएस, आईएसओफिक्स चाइल्ड सीट, अटो कर्नरिङ ब्रेकिंग कन्ट्रोल लगायतका फिचर्स उपलब्ध छन् ।
नेपाली बजारमा सार्वजनिक हुने मिति अहिल्यै एकिन नभएपनि चाँडै यो कार नेपाली बजारमा आउने छ । यसको मूल्य लगायतका विषय जान्न भने अझै केही दिन कुर्नु पर्ने हुन्छ ।

