काडमाडौं । याडिया नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कुजु नेपालले याडिया भेलक्स सिरिज नेपाली बजारमा ल्याउने भएको हो ।
कम्पनीका अनुसार भेलक्स सिरिजका तीन इलेक्ट्रीक स्कुटर ल्याउने भएको हो ।
कुजु नेपालले साउन २१ देखि सुरू हुने एक्स्पोमा भेलक्स फास्ट चार्जिङ स्कुटर, भेलक्स यु र भेलक्स एच गरि तीन मोडल ल्याउने जनाएको छ ।
भेलक्स फास्ट चार्जिङ स्कुटर २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्नेछ । यसमा ७६ भोल्ट ३० एम्पियर आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यसले ११० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ ।
त्यस्तै, भेलक्स यु ४।९ किलोवाट क्षमताको मोटर भएको हाइ पर्फमेन्स स्कुटर रहेको छ । यो स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघन्टाको छ । यसमा ७४ भोल्ट २० एम्पियर आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यसले १४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ ।
त्यसैगरि, भेलक्स एचमा भने ३.२ किलोवाट क्षमताको मोटर रहेको छ । यसमा ७२ भोल्ट ३० एम्पियर आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ । यसले १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ ।


