जनवरी २१ मा यामाहाले ल्याउने यस्तो छ नयाँ बाइक

यामाहाले एफजेडमा मोडलमा नयाँ थप्ने तयारी गरेको छ । जनवरी २१ मा पत्रकार सम्मेलनको आयोजना गर्ने मिति टुङ्गाईसकेको बेला यामाहाले नयाँ बाइक टेष्टिङ गरिरहेको देखिएको छ । 

अहिले यामाहाले ल्याउन लागेको एफजेड अन्तर्गतको कुन मोडल हो भन्ने आधिकारीक जानकारी भने कम्पनीले दिएको छैन ।  बिभिन्न मिडियाको आँकलन अनुसार उत्कृष्ट डिजाइन तथा आकर्षक विशेषता समेटिएको नयाँ एफजेड–एफआईमा आधारित कुनै नयाँ संस्करण हुन सक्ने छ । 

परीक्षणको क्रममा देखापरेको मोटरसाइकल एमटी–१५ हुनसक्ने अनुमानसमेत लगाइएको छ । यदि सोही मोडल भएको खन्डमा कम्पनीले उक्त मोटरसाइकललाई आगामी जनवरी २१ मा सार्वजनिक गर्ने जानकारी गराइसकेको छ । 

यामाहाले निरन्तररुपमा व्यापारिक पहुँच बढाउने उद्देश्यसहित आर–१५ भी–थ्रीसँग–सँगै एफजेड–एस मोडलको बजारमा ल्याउने योजना बनाएको हो । यसमा समान प्रकारको एलईडी हेडल्याम्पकासाथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल लगाइएको छ । यो बाइकमा १७ इन्चको अलोय–ह्वील लगाइएको छ भने १२ लिटर क्षमताको फ्यूल–ट्याङ्की जडान गरिएको छ । यसमा परिमार्जित टेल–पोर्शन, सिङ्गल–पिस सिट, रेडिएटर–कोल लगाइएको छ । यसको यामाहाले उत्पादन गरेको अन्य मोडलमा उपलब्ध सबै प्रकारका समेट्ने कोशिस गरेको छ । 

यसमा उपलब्ध १४९ सीसीको सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिनले १३.२ पीएस पावरकासाथै १२.८ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन लगाइएको छ ।


Back_to_top