काठमाडौं । यामाहा नेपालले मोटरसाइकल किन्दा चाँदीको सिक्का उपहार पाइने स्कीम ल्याएको छ । कम्पनीले फेस्टिभ स्कीम अन्तर्गत तिहारको अवसरमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले चाँदीको सिक्का उपहार पाउने स्कीम सार्वजनिक गरेको हो ।
यो स्कीममा यामाहाको कुनैपनि मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले १० ग्राम चाँदीको सिक्का पाउने भएका हुन् ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइडर्सले आउँदै गरेको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी फेस्टिभ स्कीम संचालन गर्दै आएको छ ।
‘बिगेस्ट १० शैं’ नामक फेस्टिभ स्कीम अन्तर्गत ग्राहकले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक पाउने छन् ।
यो स्कीममा वुटबलमा रहेको यामाहाको आधिकारिक डिलर बुटवल बाइर्कसबाट एफजेडएस भी ३ किनेका बालकृष्ण गिरीले नगद १० लाख जितिसकेको छन् ।
यही स्कीम अन्तर्गत यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधासमेत उपलब्ध गराउँदै आएको छ । साथै, शुन्य ब्याजदरमा कर्जा र सहज कर्जा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।