यामाहाले अर्को नयाँ बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले हालै भारतीय सडकमा नयाँ बाइक टेष्ट गरिरहेको देखिएको थियो ।
यामाहाको सर्वाधिक चर्तिच बाइक एफजेडलाई थर्ड जेनेरेशन भी–३ भारतीय बजारमा ल्याउने तयारीमा यामाहा लागेको हो । एफजेड भी–३ मा एफजेडको फ्रन्ट लुकमा परिर्वतन गरिएको अनुमान गरिएको छ ।
हेडल्याम्पलाई भी–२ कोभन्दा अग्रेसिभ बनाइएको छ, रेगुलर हेडल्याम्पमा नै रहेको डेलाइटलाई बिस्थापित गरेर एलइडी डेलाइट छुट्टै दिइएको छ ।
कम्पनीले फ्यूल ट्याङको डिजाइनमा पनि परिर्वतन गरेको छ, जुन पहिलाको भन्दा ठुलो आकार र सार्प लुक्समा आउने छ । बाइमा कम्पनीले थुप्रै कस्मेटीक परिर्वतन गरेको छ । जसमा सिगंल सिट रहेको छ, यसले पछिल्लो मोडलमा भएको २ पिस सिटरमा भन्दा यसमा सिटिङ पोजिशनलाई अझ सहज बनाएको छ ।
टेल सेक्सनमा पनि कम्पनीले परिवर्तन ल्याएको छ । जसमा सिगंल पीस ग्रायावको साथै टेल ल्याम्पमा पनि परिर्माजन गरेको छ ।
यसका साथै कम्पनीले टायरमा पनि परिर्वतन गरेर १० स्पोक अलोय ह्वील दिएको छ । बाइकको एक्जस्टमा पनि कम्पनीले परिर्वतन गरेको छ जुन एफजेड २५ को जस्तै बनाइएको छ ।
यसका अलावा कम्पनीले यसको इन्टुमेन्ट क्लस्टरमा परिर्वतन गरेको अनुमानसमेत गरिएको छ । भारतीय बजारमा अप्रिल २०१९ बाट १२५ सीसीभन्दा माथिका बाइकमा एबिएस अनिर्वाय गरेकाले यो बाइक एबिएससहित आउने छ ।
यसमा दिइएको १४९ सीसी सिगंल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिनले १३ बिएचपी तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ ।
५ स्पिडको गियर बक्स रहेको यो बाइक कम्पनीले यही जनवरी २१ मा आयोजना गर्न लागेको प्रेस सम्मेलनमा सार्वजनिक गर्ने अनुमान रहेको छ । साथै, कम्पनीले एमटी १५ पनि सोही मितिमा सार्वजनिक गर्न सक्ने अनुमान लगाइएको छ ।

