यामाहाका दुई नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । नेपालमा यामाहा दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएकाे छ ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा यामाहा एमटी-१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

यससँगै अब नेपालमा एमटी-१५ भी २ आइसीई स्ट्रोम र भीभीएम भेरियन्ट दुवै भेरियन्टमा उपलब्ध भएको छ । एफजेड एस भी ३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध भएको छ ।

एमएडब्लू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिएको बताए ।

एमटी १५ भी २ का आइसीई स्ट्रोम र भीभीएम भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने एफजेड एस भी ३ डीएलएक्स को आइसीई फ्लिओ भर्मिलेन भेरियन्टले यामाहाको प्रसिद्ध फेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्,’ उनले भने ।

कम्पनीले नाडाको अवसरमा विशेष अफर समेत ल्याएको छ । ग्राहकले हरेक मोडलका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । त्यस्तै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।

नाडामा यामाहा ब्लू च्याम्बर स्टल नंं. टीडब्लू १ मा रहेको छ । नाडा अटो शो भदौ ३ गतेदेखि ८गतेसम्म संचालन हुनेछ ।


Back_to_top