यामाहाको पावरफुल स्कुटर एरोक्स-१५५, यस्ता छन् विशेषता

दिल्ली मोटर शो २०१८ मा देखाइएको यामाहा एरोक्स स्कुटरलाई कम्पनीले मलेसिया, इन्डोनेसिया, भियतनाम र फिलिपिन्समा बिक्री वितरण सुरु गरिसकेको छ ।  

यसअघि बिभिन्न समयमा टेष्टिङको लागि भारतीय बजारमा देखिएकोयो स्कुटर अब भारतीय यामाहा डिलहरुमा पुगेको छ । निकै आकर्षक डिजाइन रहेको यो स्कुटरमा निकै पावरफुल इन्जिन दिइएको छ । 

यसको मूल्य भारतीय बजारमा ७० दखि ८० हजार भारतीय रुपैयाँको बीचमा रहने आँकलन गरिएको छ । यसको सिधा प्रतिस्पर्धा भने अप्रीलिया एसआर १५० र सुजुकी वर्गम्यानसँग हुने छ । 

विशेषता

१५५ सीसी लिक्विड कुल्ड ४ स्टोक इन्जिन दिइएको एरोक्सले १४.८ बिएचपी पावर र १४.४ एनएम टर्क उत्पादन गर्छ । सिभिटी अटोमेटिक गियर, १४ इन्चिको अलोइ ह्वील, टिउलेस टायर, अगाडिको चक्कामा डिस ब्रेक, सिंगल च्यानल एबीएसजस्ता विशेषता रहेका छन् । 

साथै, अगाडिको भागमा डाइनामिक मोनोसक, एलइडी टेल ल्याम्प, स्मार्ट कि स्स्टिम, मोवाइल चार्जिङ प्वाइन्ट, डिजिटल इन्स्टुमेन्ट कन्सोलको र ५.८ इन्च एलइडी स्कृन दिइएको छ । 

नेपालमा कहिले ?

नेपाली बजारमा यो स्कुटर आउन केही समय लाग्ने छ । नेपालको लागि यामाहाको आधिकारीक बिक्रेता मोरङ अटो वर्कसका अनुसार भारतीय बजारमा आएको केही समयपछि नेपाल ल्याउन प्रयास हुने छ । अहिले भारतीय बजारमा आउने क्रममा रहेकाले नेपाल कहिले आउँछ अहिल्यै भन्न सकिने अबस्था छैन । 


Back_to_top