के हो टर्वोचार्जर र सुपरचार्जर, कसरी गर्छ काम ?

टर्वोचार्जर र सुपर चार्जर दुवैको काम इञ्जिनमा हावाको फ्लो बढाउने वा भनौँ इञ्जिनको श्वास बढाउने हो । नेचुरल रेस्पीरेसन इञ्जिनभन्दा यस प्रविधि जडित इञ्जिनको क्षमता बढी हुन्छ ।

टर्वोचार्जर


टर्वोचार्जर एक मेकानिकल पार्टस् हो, जसले इञ्जिनमा फ्रेस हावाको फ्लोलाई बढाउँछ । इञ्जिनले प्राकृतिकरुपमा एअर फिल्टरबाट हावा तान्ने काम गर्छ, जुन कम्बस्चन चेम्बरमा गएर फ्यूलसँग मिसिएर जल्ने गछ्र्र्र ।

टर्वोचार्जर इञ्जिनमा एक्जस्ट पाइप लगाइएको हुन्छ । विशेषतः यसमा दुईवटा टर्वाइन लगाइएको हुन्छ । एउटाको काम इञ्जिनबाट आएको दूषित तातो हावालाई बाहिर फाल्ने हो भने अर्को टर्वाइनले बाहिरको ताजा हावा कम्प्रेस गरेर इञ्जिनमा पठाउने काम गर्छ । यसरी कम्प्रेसरबाट भित्र पठाइएको हावा तातो हुने गर्छ ।

त्यसैले योसँगै इन्टरकुलर लगाइएको हुन्छ, जसले इञ्जिनमा धेरै मात्रामा चिसो हावा पठाउँछ र यसरी पठाइएको चिसो हावा राम्रोसँग जल्ने गर्छ । यसको कारण फ्यूलले माइलेज धेरै दिन्छ, जसले गर्दा हरेक स्ट्रोकले धरै पावर जेनरेट गर्छ ।

प्रायःजसो डिजेल इञ्जिनमा टर्वोचार्जरको प्रयोग हुन्छ । किनकि पेट्रोलको दाँजोमा डिजेलले जल्न टाइम लिनेगर्छ । र, यो केही महंगो पनि हुन्छ ।

सुपरचार्जर


सुपरचार्जर पनि एक मेकानिकल पार्टस् हो, यसले पनि इञ्जिनमा हावाको फ्लो बढाउने काम गर्छ । तर, यसमा टर्वोचार्जरभन्दा केही भिन्नता रहेको छ । टर्वोचार्जरलाई एक्जस्टको हावाले घुमाउँछ भने सुपरचार्जरलाई भने इञ्जिनकै पावरबाट घुम्छ वा ब्याट्रीको पावरले घुमाउँछ । यसले इञ्जिन स्टार्ट गर्नेबित्तिकै काम सुरु गर्छ, जसले गर्दा सुरुबाटै एक्स्ट्रा पावर जेनरेट गर्छ ।

यो चलाउने लोड पनि इञ्जिनले नै गर्ने भएकोले फ्यूलको माइलेजका लागि नभई पावरका लागि यसको प्रयोग गरिन्छ । प्रायः रेसिङ्ग बाइक वा कारहरूमा यसको प्रयोग गरेको हुन्छ ।


Back_to_top