काठमाडौं । थाइल्यान्डको थाम लुआंग गुफामा १४ दिनदेखि फसेका युथ फुटवल टिमका १२ खेलाडी र एक प्रशिक्षकलाई अझै गुफाबाट निकाल्न सकिएको छैन । यस्तोम टेस्ला मोटर्सका अध्यक्ष तथा सीईओ एलन मस्कले आफ्ना इन्जिनरको टोली उद्धार कार्यका लागि पठाएका छन् ।
खराब मौसमका कारण आज उद्धारकार्य हुन सकिरहेको छैन । थाइल्यान्डको चियाग राय प्रान्तमा रहेको यो गुफामा अक्सीजनको समस्या निकै ठुलो बन्दै गएको र वच्चाहरुमा बिमारीको समस्या आउने भन्दै सकभर छिटो निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।
करिब १२ सय जनाको टिम उद्धारकार्यमा दिनरात नभनी खटिइएको छ । यस्तोमा उनिहरुलाई सकुसल बाहिर निकाल्न सहयोग गर्ने संसारभरबाट घोषणा भइरहेको । यस्तोमा टेस्ला प्रमुख मस्कले आफ्नो इन्जिनियरको टिम पठाउन लागेको टुइटमार्फत जानकारी दिएका छन् ।
११ बर्षदेखि १६ बर्षसम्मका युवा फुटवल खेलाडिहरु खेलसकिएपछि उक्त गुफामा घुम्न गएका थिए । साथमा उनिहरुका एक कोचसमेत रहेका थिए । १० किलोमिटर लामो उक्त गुफामा प्रबेशद्धार बढीको कारण बन्द भएपछि उनिहरु त्यही फसेका हुन् ।