काठमाडौं । हुन्डाई क्रेटा र मारुती सुजुकी भिटारा ब्रेजाको बिक्रीमा निकै कडा टक्कर चलिरहेको छ । भारतीय बजारमा यी दुईबीच निकै कडाटक्कर चलिरहेको कुरालाई यसको बिक्रीले पुष्टी गर्छ ।
भारतीय बजारमा ब्रेजाभन्दा करिब १ बर्ष अगाडि आएको क्रेटाले अहिलेसम्म ४ लाख २० हजार ४ सय ९४ यूनिट बिक्री गरेको छ भने, ब्रेजाले ३ लाख युनिट बिक्री गरेको छ ।
यी दुई कम्प्याक्ट एसयुभी नेपाली बजारमा पनि उपलब्ध रहेका छन् । तर, ब्रेजा डिजेल इन्जिनमा मात्रै उपलब्ध रहेको र क्रेटा पेट्रोल इन्जिन मात्रै बिक्री वितरण भइरहेको छ । त्यस्तोमा नेपाली बजारमा पेट्रोल इन्जिनको माग धेरै भएकाले क्रेटा नेपाली बजारमा अगाडी रहेको छ ।
भारतमा जून महिनाको बिक्रीको आधारमा हुन्डाई क्रेटाले ब्रेजालाई उछिनेको छ । यो पुरा महिनामा ११ हजार १११ यूनिट क्रेटाको बिक्री हुँदा १० हजार ७१३ यूनिट ब्रेजा बिक्री भएको छ ।
हुन्डाईले क्रेटाको फेसलिफ्ट भर्रखरै सार्वजनिक गरेको छ भने, मारुती सुजुकीले ब्रेजा अटोमेटिक भेरिएन्टमा सार्वजनिक गरेको थियो । यी दुई कम्पनी बीच पहिलो र दोस्रो स्थानको लागि कडा टक्कर चल्दै आएको छ ।
यस्तो छ हुन्डाई क्रेटा फेसलिफ्ट
२०१८ हुन्डार्इ क्रेटा फेसलिप्टको फ्रन्टमा केही अपडेट गरिएको छ । यसमा नयाँ क्यासकेड ग्रिलको साथै क्रोम बेजल लगाइएको छ भने नयाँ बम्पर तथा डबल टोन फिनिश, स्किड प्लेट्स लगाइएको छ ।
कारमा भएको पुरानो फग ल्याम्पलाई परिमार्जन गरिएको छ । कारमा वाइफंक्शनल प्रोजेक्टर हेडल्याम्स, पोजिशनिंग ल्याम्प, एलइडी साइड इन्डिकेटर्स, १७ इन्च डायमण्ड कट एलाय ह्वील्स तथा शर्क फिन एन्टेना जस्ता फिचर्समा परिर्वतन गरिएको छ ।
कारमो पछाडि स्पोर्टस अपडेटेड टेलल्याम्स दिइएको छ । कारमा दुइ नयाँ डुअल टोन पेन्ट अप्शन म्यारिन ब्लु तथा पेशन ओरेन्ज थप गरिएको छ । साथै डबल टोन प्याशन ओरेन्ज तथा कालो रङको अप्शनसमेत दिइएको छ ।
कम्पनीले कारमा स्मार्ट इलेक्ट्रिस सनरुफ तथा ६ वे पावर ड्राइभर सिट, स्मार्ट बेड तथा वायरलेस फोन चार्जरको प्रयोग गरेको छ ।
यसका अलवा कारमा स्पीड सेसिंग अटो डोर लक, स्लाइडिंग फ्रन्ट आर्मरेस्ट तथा हाइट एडजस्टेबल ड्राइभिङ सिटको प्रयोग गरेको छ । कम्पनीले कारमा क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रिन इन्फोनेन्ट सिस्टमको साथै एप्पल कार प्ले, एन्ड्रोइड अटो तथा मिरर लिंक दिएको छ ।
सुरक्षाको हिसाबले हुन्डाइले यो कारमा ६ एयर ब्याग दिएको छ । यसको अलवा सबै भेरियन्टमा डबल एयरब्याग तथा एबिएस स्टाण्डर्ड दिएको छ ।
हुन्डार्इ क्रेस्टा फेसलिफ्टमा १.६ लिटर पेट्रोल इन्जिन दिएको छ । यसले १२१ बिएचपी पावर उत्पादन गर्छ । साथै १.६ लिटर सिआरडिआइ डिजेल इन्धन दिएको छ । यसले १२६ बिएचपी पावर दिन्छ । दुबैको इन्जिनले ६ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन दिएको छ । क्रेटा नेपाली बजारमा निकै लोकप्रिय एसयुभीमा पर्छ ।
मारुती सुजुकी ब्रेजा
भारतको कम्प्याक्ट एसयूभी बजारमा मारुतीले के ल्याउँछ भन्ने उत्तर भिटारा ब्रेजाले दियो । यो गाडी मारुतीको पुरानो ग्रान्ड भिटाराजस्तै देखिन्छ । यो कार २०१६ को अटो एक्स्पोमा सार्वजनिक भएको हो । अहिले कम्पनीले ब्रेजालाई अटोमेटिक गिएरमा लञ्च गरेको छ ।
यो कारमा १.३ लिटर डिजेल इञ्जिन, ८९ बीएचपीको पावर र २०० एनएम टर्क, ५ स्पीड म्यानूअल गेयरबक्स रहेको छ । ब्रेजाले प्रतिलिटर २४।३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यो गाडी नेपाली बजारमा तिन भसर्नमा उपलब्ध छ । भिटारा ब्रेजा एलडिआइ (ओ)को मूल्य ३६ लाख ४९ हजार, भिटारा ब्रेजा जेडडिआइ प्लसको ४० लाख ९९ हजार र भिटारा ब्रेजा जेडडिआइ डूअल टोनको मूल्य ४१ लाख २९ हजार रुपैया रहेको छ । मारुती सुजुकी नेपाली बजारमा अरूण इन्टरकन्टीनेन्टलले भित्र्याउँदै आएको छ ।