यामाहा ‘आर १५ भी थ्री’भन्दा सस्तो स्पोर्ट्स बाइक ‘आर १२५’ आउँदै

काठमाडौं । यामाहाले स्पोर्ट्स मोटरसाइकल सेग्मेन्टमा नयाँ आर १२५ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल अहिले बजारमा बिक्री भइरहेको आर १५ भी थ्रीभन्दा कम मूल्यमा आउने छ ।

जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाले १२५ सीसी क्षमताको स्पोर्ट्स मोटरसाइकल यो वर्षको अन्त्यसम्ममा ग्लोवल लञ्च गर्ने जनाएको छ । आर १२५ लाई कम्पनीले यूरो ५ इन्जिनमा निर्माण गरेको हो । यसका साथै कम्पनीले यसको लागि विभिन्न किसिमका एशोसरिज समेत ल्याउने घोषणा गरेको छ ।

कम्पनीले आर १२५ आर र आर १ बाट प्रेरित डिजाइनमा नै निर्माण गरेको नयाँ मोटरसाइकल निकै चर्चामा रहने अनुमान गर्न सकिन्छ ।

कम्पनीले नयाँ स्पोर्ट्स बाइकमा ब्ल्याक कलर स्कीम दिएको छ भने, गोल्डेन कलरको यूएसडी फर्क दिएको छ । साथै, कम्पनीले आफ्नो यामाहा ब्लु र रेडिकल रेड कलरमा समेत उपलब्ध गराउने जनाएको छ ।

यामाहा आर १२५ मा १२४.७ सीसी लिक्वीड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ इन्जिन दिएको छ । यो इन्जिनले ९००० आरपीएममा १५ पीएस पावर तथा ८००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स दिएको छ ।

आर १२५ मा १७ इन्च अलाय ह्वील दिइएको छ भने, दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसमा एलसीडी इन्स्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसमा ११ लिटरको फ्युल ट्याङ्क क्यापासीटी रहेको छ ।


Back_to_top