होन्डा सिबी १२५ आरको २०२१ मोडल सार्वजनिक

काठमाडौं । होन्डाले आफ्नो इन्ट्री लेवल क्याफे रेसर मोडल सिबी १२५ आरको २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सिबी १२५ आरको २०२१ मोडलमा पहिलेभन्दा केहि पावर बढाएर बजारमा ल्याउन भएको हो ।

कम्पनीले यसमा १२४.७ सीसी, पिजिएम एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १३.१४ बीएच पावर प्रदान गथ्र्यो भने नयाँ भर्सनले १४.७ बीएच पावर प्रदान गर्छ । यस इन्जिनले ८००० आरपीएममा १०.४ एनएम टर्क प्रदान गर्छ ।

‘सानो मोटरसाइकल धेरै फन’ ट्यागलाइनमा आएको सिबी १२५ ले ११.४ सेकेन्डमा ८० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउने कम्पनीको दाबी छ ।

ट्यूबल स्टील फ्रेममा तयार भएको यो मोटरसाइकलमा ४१ एमएमको यूएसडी फर्क र स्वीङआर्म सस्पेन्सन दिइएको छ ।

होन्डाले सिबी १२५ आरमा सबै लाइट एलइडी प्रयोग गरेको छ । राउन्ड हेडल्याम्प, डेटाइम रनिङ लाइट जस्ता फिचरले यो मोटरसाइकललाई सडकमा निकै बोल्ड र पृथक देखाउँछ ।

सुरक्षाको हिसावले पनि यसलाई अब्बल बनाइएको छ । यसको अगाडि रेडियल माउन्ट, फोर पिस्टन क्यालिपर, वेभ स्टाइल फ्लोटिङ डिस्क ब्रेक दिइएको छ । पछाडिको चक्कामा टु पिस्टन क्यालपिर डिस्क ब्रेक उपलब्ध रहेको छ । ब्रेकलाई थप सुरक्षित बनाउन यसमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।


Back_to_top