नेपाल आयो किया सोनेट, भोलिबाट बिक्री सुरु हुने

काठमाडौं । कियाको चर्चित सब फोर मिटर एसयूभी सोनेट नेपाल आएको छ । कम्पनीले सोनेटलाई सुरुवातमा विभिन्न ४ भेरियन्टमा नेपाल ल्याएको जनाएको छ ।

कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङले किया सोनेटको पेट्रोल भेरियन्टमा एचटीइ मात्रै ल्याएको छ । कम्पनीले यसको मूल्य ३५ लाख ९० हजार तोकेर दशैंअघि नै बुकिङ खुल्ला गरेको थियो ।

डिजेल भेरियन्टमा एचटी प्लस अटोमेटिक भेरियन्टको मूल्य ४९ लाख ९० हजार तोकेको छ भने डिजेल इन्जिन युक्त एचटीएक्स भेरियन्टको मूल्य ४७ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले डिजेल इन्जिन युक्त नै जिटिएक्स भेरियन्टको मूल्य ५७ लाख ९० हजार निर्धारण गरेको जनाएको छ । ‘द पावर टू सरप्राइज’ स्लोगनका साथ आएको किया सोनेटले बजारमा उपलब्ध हुन्डाई भेन्यू, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

सोनेटको टप भेरियन्टमा सेग्मेन्टकै सबैभन्दा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसमा किया सेल्टोसको जस्तै १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

युवालाई आकर्षित गर्न कियाले सोनेटमा बोसको साउन्ड सिस्टम दिएको छ । साथै, कियाको यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रीक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेशन डिस्प्ले, पुस बटम स्टार्ट/स्टप जस्ता फिचर उपलब्ध रहेको छ ।

यसमा पेट्रोल इन्जिनको अलावा ६ स्पीड टर्क कन्भटर सहितको अटोमेटिक डिजेल इन्जिन उपलब्ध रहने छ । यसलाई कम्पनीले १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा नेपाल ल्याएको छ ।


Back_to_top