गिता गुरुङले जितिन होन्डाको स्कुटर किन्दा नगद १ लाख

काठमाडौं । होन्डाले ल्याएको दशैं स्कीम अन्र्तगत गिता गुरुङले १ लाख नगद जितेकी छन् । नेपालगन्जका गुरुङले यज्ञलक्ष्मि अटो डिस्टिव्युटरबाट होन्डा स्कुटर खरिद गर्दा १ लाख जितेकी हुन् ।

कम्पनीले ल्याएको स्कीम अन्तर्गत स्क्रयाच मार्फत ४ हजारदेखि १ लाखसम्म जित्न सक्नेछन् । यसका अलावा कम्पनीले ७ बर्षको सर्भिस बोनस, पाट्र्समा १० बर्षसम्म ७ प्रतिशत छुट स्कीम ल्याएको हो ।

कम्पनीले एक्सचेन्ज योजनामा समेत ल्याएको छ । ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकलसँग होन्डा मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन् । यसमा थप मूल्याङकन भने नदिने कम्पनीले जनाएको छ ।

हाल होन्डाले ७ मोडलका मोटरसाइकल र ५ मोडलका स्कुटर बिक्री गरिरहेको छ । त्यस्तै कम्पनीले बिग बाइक सेग्मेन्टमा ८ मोडलका मोटरसाइकल बिक्री गरिरहेको छ ।


Back_to_top