क्रुजर मोटरसाइकल खोज्नेलाई उत्कृष्ट हुनसक्छ बजाज एभेन्जर १६० एबीएस

काठमाडाैं । क्रुजर मोटरसाइकल किन्ने सोच बनाएका ग्राहकहरुका लागि बजाज एभेन्जर १६० राम्रो बिकल्प हुन सक्छ । क्रुजर मोटरसाइकल आरामदीय तथा लामो यात्राका लागि राम्रो मानिन्छ ।

बजाज मोटरसाइकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले केहि समय अगाडि मात्र नेपालमा यसको एबीएस भर्सन सार्वजसनिक गरेको हो ।

यसमा रोडस्टर डिजाइनको हेडल्याम्प दिइएको छ । एलइडी डीआरएलको साथ आएको मोटरसाइकललाई एबीएसले थप सुरक्षीत बनाएको छ ।

यसमा १६० सीसी क्षमताको बजाजको चर्चित डीटीएसआई इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ पीएस पावर र १३.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुयल ट्रान्समिसन प्रयोग भएको छ ।

सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० मा अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेक दिइएको छ । चालकको आरामदायी यात्राको लागि लामो स्लंग, लामो सिट र फुटरेस्ट दिइएको छ ।नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टको साथ शुरुवाती मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँमा देशभरका डिलर उपलब्ध रहेको छ ।

यो मोटरसाइकलको सिधा प्रतिस्पर्धा सुजुकी इन्ट्रुडर १५० सँग रहेको छ । सुजुकी इन्ट्रुडरमा १५४.९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले १४ बीएचपी पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top