अंग्रेजी नयाँ वर्षमा नेपाल आउँदै यी नयाँ मोडलका कार

काठमाडौं । नयाँ वर्ष २०२१ को अवशर पारेर निसान र महिन्द्राले नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोटले आफ्नो पछिल्लो एसयूभी नयाँ जेनेरेशन थार नेपाल ल्याउने तयारी गरिरहेको छ भने निसानले म्याग्नाइट एसयूभी नेपाल ल्याउने जनाएको छ ।

निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले जनवरी २०२१ मा म्याग्नाइट नेपाल ल्याउने घोषणा नै गरिसकेको छ । यस्तोमा नयाँ वर्षमा नेपाल आउने दुबै सब फोर मिटर एसयूभी हुन् ।

यी दुई एसयूभीमा समानता भनेको साइज र प्यासेन्जर बोक्न सक्ने क्षमता मात्रै हो । अन्यथा यी दुई मोडलमा समानता भेट्टाउन सकिदैन । महिन्द्राको थार एड्भेञ्चर ड्राइभिङ मनपराउने रोजाईमा पर्छ भने निसानको म्याग्नाइट सहरी क्षेत्रको लागि उपयुक्त एसयूभी हो ।

मूल्यका हिसावले पनि यी दुबै एसयूभीमा ठूलो भिन्नता पाउन सकिन्छ । भारतमा देखिएको मूल्यलाई आधार मान्ने हो भने निसान म्याग्नाइटको मूल्य ३० लाखभन्दा कम हुने छ । त्यस्तै महिन्द्रा थारको मूल्य ४८ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

यी दुबै एसयूभीमा प्रयोग भएको इन्जिनमा पनि ठूलो फरक रहेको छ । निसानले १.० लिटर क्षमताको इन्जिन दिएर म्याग्नाइट बजारमा ल्याएको छ भने, थारमा २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन उपलब्ध रहेको छ ।

साथै, नयाँ वर्षको आसपासमा प्रोटोनले आफ्नो पहिलो कार सागालाई नेपालमा उपलब्ध गराउने तयारी गरिरहेको छ । प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्स हो । सागा सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top