किया सेल्टोसको डिजेल भेरियन्टमा समस्या आएपछि भारतमा ‘रिकल’

काठमाडौं । किया सेल्टोसको फ्यूल पम्पमा समस्या देखिएपछि किया इन्डियाले चुपचाप गाडी ‘रिकल’ गरेको छ । कम्पनीले २०१९ अक्टोबर १ तारिखदेखि मार्च १३, २०२० सम्म उत्पादन भएका डिजेल इन्जिन युक्त सेल्टोस रिकल गरेको रसलानेले समाचार लेखेको छ ।

कियाले जारी गरेको सर्भिस बुलेटिनमा उक्त अवधिमा उत्पादन भएका सबै यूनिटमा गाडीलाई सर्भिस सेन्टरमा मगाएर त्यसको फ्यूल पम्पमा देखिएको समाधान गरेर पठाइरहेको उल्लेख गरेको छ ।

भारतमा उत्पादन भएको किया सेल्टोस नेपालमा पनि बिक्री हुँदै आएको छ । यस्तोमा त्यस अवधिमा उत्पादन भएको सेल्टोस नेपाल पनि आएको हुन सक्ने देखिन्छ ।

यस विषयमा कियाको आधिकारीक विक्रेता कम्पनी कन्टिनेन्टल्स ट्रेडिङका अनुसार नेपाल आउने गाडी निर्यात व्याचको भएकाले समस्या न आएको जनाएको छ ।

‘अहिलेसम्म कम्पनीले हामीलाई समस्याको बारेमा जानकारी दिएको छैन । यहाँ हाम्रा ग्राहकले पनि समस्या आयो भन्नु भएको छैन । यस अवधिमा डिजेल इन्जिन भएको सेल्टोस खासै नेपाल पनि आएको छैन’, कम्पनीका डिजिएम अनिश लामिछानेले भने ।

उनका अनुसार समस्या आयो भनेपनि भारतमा जस्तै नेपालमा पनि तत्कालै यस्ता समस्या समान गर्न सकिन्छ ।


Back_to_top