काठमाडौं । होन्डा डिओ र हर्नेट २.० को रेप्सोल एडिशन सार्वजनिक भएको छ । यो मोटरसाइक तथा स्कुटर आरसी २१३ भी मोटोजीपी मोटरसाइकलबाट प्रेरित मल्टी कलर डिजाइनमा आएको हो ।
दुबै स्कुटर तथा मोटरसाइकल अरेन्ज, रेड र व्ल्याक कलर एसेन्टमा रहेको छ ।
मोटरसाइकलको फ्यूल ट्याङकमा रेप्सोलको व्याज दिइएको छ भने ह्वीललाई अरेन्ज कलर फिनिसिङ गरिएको छ । त्यस्तै स्कुटरमा भने धेरै पार्टमा रेप्सोलको व्याज लगाइएको छ । ह्वील कौल, स्टेरिङ कौल र ग्रयावरेलमा भने रेड कलर फिनिसिङ दिइएको छ ।

यसका अलावा मोटरसाइकलमा मेकानिकल चेन्ज गरिएको छैन । डिओमा भने केहि परिवर्तन गरेको कम्पनीले जनाएको छ । होन्डा डिओ रेप्सोलमा इन्जिन स्र्टाट/स्टप स्वीच, पास स्वीच, साइड स्यान्ड सेन्सर, एड्जष्टएवल रियर सस्पेन्सन जस्ता फिचर थप गरेको छ ।
कम्पनीले यी दुबै स्कुटर तथा मोटरसाइकल केहि यूनिट मात्र निर्माण गर्ने जनाएको छ ।
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङले होन्डा हर्नेट २.० नेपाल भित्र्याउने तयारी गरिरहेको छ । रेप्सोल एडिशन हर्नेट २.० र डिओ केहि यूनिट मात्र निर्माण हुने भएकाले नेपाल आउने नआउने भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।

