यस्तो हुने छ ११ औं जेनेरेशन होन्डा सिभिक

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक कम्पनी होन्डाले आफ्नो बहुचर्चित सेडान कार सिभिकको ११ औं जेनेरेशन बजारमा उतार्ने भएको छ । हालै मात्र कम्पनीले आफ्नो सिभिकको नयाँ जेनेरेशनको प्रोटोटाइप सार्वजनिक गरेको हो ।

नयाँ जेनेरेशन सिभिकलाई होन्डाले आगामी वर्ष मात्र बजारमा उतार्ने छ ।

नयाँ जेनेरेशन सिभिकको प्रोटोटाइपमा होन्डाको व्याज बीचमा प्रयोग गरिएको छ । त्यस्तै होरिजेन्टल व्ल्याक ग्रिल, एलइडी डिआरएल सहितको स्लीक हेडल्याम्प तथा रिडिजाइन फ्रन्ट बम्पर दिइएको छ । जसमा कालो रंगको माथि फर्किएको एयर इनटेक समेत पाउन सकिन्छ ।

सिभिकमा ब्राण्ड न्यू हुडको प्रयोग गरिएको छ । कालो रंगको अलोय ह्वील, सि-सेपको कालो बम्पर गार्नेस तथा उल्टो एलसेपको लिड टेलल्याम्प साथै ओभल सेपको दुईवटा कालो रंगको एग्जस्ट प्रयोग गरिएको देख्न सकिन्छ ।

यसको क्याविनमा ९ इन्चको टचस्कृन सहितको इन्फोटेन्मेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हनिकम्ब मेसप्याटनको ड्यासबोर्ड, रोटेडेड डायस र क्रोम यासेन्ट रहेको छ ।

होन्डाले यस कारमा आफ्नो ‘इम्प्रुभ्ड कोलीजन प्रोटेक्सन एडभान्स कम्पाटीबीलीटी इन्जिनियर बडी’ दिएको छ । नयाँ जेनेरेशन सिभिकमा २.० लिटर, १.५ लिटर टर्बो, १.५ लिटर एसआई इन्जिन अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top