रेनोले पहिलो पटक देखायो ‘किगर’ सब फोर मिटर एसयूभी

काठमाडौं । रेनोले नयाँ सब फोर मिटर एसयूभी बजारमा ल्याउने तयार गरेको दुई वर्ष पुरा भएको छ । कम्पनीले आज एक कार्यक्रमगरि नयाँ एसयूभीको नाम र तस्विर आधिकारीक रुपमा सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ एसयूभीको नाम ‘किगर’ राखेको छ भने यसको तस्विर पहिलो पटक आधिकारीक रुपमा बाहिर ल्याएको छ । तस्विर सार्वजनिक गर्दै रेनोले भनेको छ, ‘किगरको अहिले देखाइएको तस्विर र प्रडक्सन मोडलमा ८० प्रतिशत समान देखिने छ ।

नयाँ किगरमा सेमि फ्लोटिङ रुफ, रुफसँगै दिइएको स्पोइलर, १९ इन्चको ह्वील, रुफरेल, आक्रमक अगाडिको ग्रिल, २१० एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर समावेस गरिएको छ ।

दुई तहको एलइडी हेडल्याम्प, यूनिक नियोन इन्डिकेटर, सार्कफिन एन्टेना, मस्कुल ह्वील आर्क, सि सेपमा तयार भएको एलइडी लाइट, अगाडि र पछाडि दिइएको स्कीड प्लेटले गाडीको बाहिरी सारसज्जालाई निकै बोल्ड बनाएको छ ।

रेनोले किगरमा निसान म्याग्नाइटमा प्रयोग हुने १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन दिने छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क प्रदान गर्ने छ ।


Back_to_top