सुजुकी बर्गम्यान स्ट्रीट इलेक्ट्रीकमा पनि

काठमाडौं । सुजुकी बर्गम्यान स्ट्रीट स्कुटरको इलेक्ट्रीक भर्सन भारतमा परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । योसँगै कम्पनीले इलेक्ट्रीक स्कुटर चाँडै सार्वजनिक गर्ने तयारी गरेको अनुमान सुरु भएको छ ।

भारतीय बजारमा मुख्य कम्पनी टीभीएस तथा बजाजले समेत इलेक्ट्रीक स्कुटरमा काम गरिरहेका छन् । यस्तोमा सुजुकीले पनि आफ्नो सफल मोडल बर्गम्यान स्ट्रीटलाई इलेक्ट्रीकमा पनि ल्याउन लागेको देखिन्छ ।

परिक्षणमा देखिएको इलेक्ट्रीक बर्गम्यानमा इन्जिनका अलावा सबै कम्पोनेन्ट समान रहेको छ । इलेक्ट्रीक भर्सन बर्गम्यानको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्चको अलाय ह्वील रहेको छ । यसको सस्पेन्सन समेत रेगुलर बर्गम्यानबाट लिइएको छ ।

इलेक्ट्रीक बर्गम्यानमा डिजिटल एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल रहने अनुमान रहेको छ । कम्पनीले २०२१ मा वर्गम्यानको इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने अुनमान गरिएको छ । १ लाख भारतीय रुपैयाँमा सार्वजनिक हुने अनुमान गरिएको यो स्कुटरले बजाज चेतक, टीभीएस आइक्यूव, अथर ४५० एक्स जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top