३० लाखभन्दा कम मूल्यमा नेपाल आउँदै निसान ‘म्याग्नाइट’

काठमाडौं । निसानको सब फोर मिटर एसयूभी म्याग्नाइट अर्को हप्ताबाट भारतमा बिक्री सुरु हुने भएको छ । भारतमा बिक्री सुरु भएको केहि समयपछि नै यसको नेपालमा बिक्री सुरु हुने बिक्रेता कम्पनी पायोनियर मोटोकर्पले जनाएको छ ।

नेपाली बजारमा सुरुवाती भेरियन्टको मूल्य ३० लाख रुपैयाँ भन्दा कमबाटै बिक्री सुरु हुने अनुमान गरिएको निसानको सब फोर मिटर एसयूभी कम मूल्यको कारण नै अहिले भारतमा चर्चा पाइरहेको छ ।

निसानको पहिलो सब फोर मिटरको कम्प्याक्ट एसयुभी म्याग्नाइटले बजारमा कम्प्याक्ट एसयूभीहरु टाटाको नेक्सन, हुन्डाईको भेन्यू, सुजुकी भीटारा ब्रेजा, फोर्डको इकोस्पोर्टका साथै छिटै लन्चहुदै गरेको कियाको सोनेटसँग प्रतिस्पर्धा गर्नेछ ।

निसानलाई ठूलो बजार लिएर बसेका कम्प्याक्ट एसयूभीहरुसँग प्रतिस्पर्धा गर्नका लागि यसको सबैभन्दा दमदार पक्ष मूल्य हुने अनुमान गरिएको छ । यसमा अन्य कारहरुमा भन्दा सानो इन्जिन रहेकोले यस्तो अनुुमान गरिएको हो ।

म्याग्नाइटमा १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादज गर्नेछ । निसानले कम सीसी इन्जिन भएपनि पावरमा भने सम्झौँता गरेको छैन ।


Back_to_top