स्कुटरको माइलेज ८५ किलोमिटर !

काठमाडौं । यामाहा रेजेडआर १२५ हाइव्रिड स्कुटरले ८४ किलोमिटर माइलेज दिएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडर्सले आयोजना गरेको माइलेज टेष्ट कार्यक्रममा यामाहा रेजेडआर १२५ ले ८५ किलोमिटर माइलेज दिएको हो ।

पश्चिम नेपालको अत्तरियामा आयोजना गरिएको माइलेज टेष्ट कार्यक्रममा अमित पालले ८४.८० किलोमिटर माइलेज पाउन सफल भएका हुन् ।

एमएडब्लू राइडर्सको अत्तरिया डिलरसँगको सहकार्यमा आयोजना भएको उक्त माइलेज टेष्टमा दोस्रो हुने छोटेलाल चौधरीले ८२.३५ किलोमिटर र तेस्रो हुने अरुन जोशीले ८०.२८ किलोमिटर पाउन सफल भएका हुन् । विजेताहरुलाई कम्पनीले विभिन्न उपहार समेत प्रदान गरेको थियो ।

यामाहाका स्कुटरहरु माइलेज धेरै दिने स्कुटरका रुपमा परिचित छन् । यामाहा रेजेड आर हाइब्रिडमा १२५ सीसी ब्लु कोर एफआई इन्जिन रहेको छ । यो स्कुटरमा अटोमेटीक स्टप÷स्टार्ट सिस्टम उपलब्ध छ । हाइब्रिड रेजेड आरमा एलइडी पोजिशन हेडलाइट, डिजिटल कन्सोल, वाइ कनेक्टजस्ता फिचर समावेश छन् ।

नेपाली बजारमा हाइव्रिड टेक्नोलोजी भएको रेजेडआर १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top