यामाहले केही दिनमै दुई नयाँ मोटरसाइकल ल्याउने

काठमाडौं । जापानी ब्राण्ड यामाहाले सन् २०२३ मोडल तयारी गरिरहेको छ । कम्पनीले भारतमा निकै रुचाइएको एमटी १५ र एफजेड एक्सको नयाँ भर्सन ल्याउन लागेको हो ।

दुबै मोटरसाइकलमा केही देखिने र केही मेकानिकल परिवर्तन हुने कम्पनीले यसअघि नै संकेत गरिसकेको छ । यामाहाको अनुसार नयाँ आउने दुई मोटरसाइकलमा बीएस ६ सेकेन्ड फेजमा आधारित इन्जिन रहने छ ।

भारत सरकारले आगामी अप्रिल १ तारिखबाट बीएस ६ को सेकेन्ड फेज लागु हुने यसअघि नै घोषणा गरिसकेको छ । त्यसैले यामाहाले ल्याउन लागेको एमटी १५ र एफजेड एक्सको २०२३ भर्सनमा नयाँ मापदण्डको इन्जिन प्रयोग हुनेछ ।

यामाहाले आफ्नो नेकेड स्ट्रीट फाइटर एमटी १५ लाई भने सेकेन्ड जेनेरेश मोडल ल्याउन लागेको हो । यसमा १५५ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड भीभीए इन्जिन उपलब्ध हुनेछ । यो इन्जिनले अधिकतम १८.१ हर्स पावर र १४.१ एनएम पीक टर्क प्रदान गर्ने छ ।

६ स्पीड गियरबक्सको साथ आउने एमटी १५ भर्सन टुमा अगाडि यूएसडी फर्क, सबै एलइडी लाइट, पूर्ण डिजिटल क्लस्टर, ड्यूल च्यानल एबीएस जस्ता फिचर उपलब्ध हुनेछ ।

त्यसैगरी एफजेड एक्सको नयां भेरिएन्टमा फ्युल ट्याकं र हेडल्याम्पमा हिमालयन आरइमा प्रयोग गरिएको मेटल फ्रेम प्रयोग गरिएको छ । यो मोटरसाइकलमा विन्ड स्क्रिन र फ्रन्ट फेन्डर परिबर्तन हुनेछ । कम्पनीले एसमा १४९ सीसीको सिगंल सिलिन्डर इन्जिन दिनेछ । उक्त इन्जिनले १२.२ हर्स पावर र १३.३ एनएम टर्क प्रदान गर्छ ।

५ स्पीड गियरबक्स रहने मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी, ट्युबलेस टायर, टेलिस्कोपिक फ्रन्ट फर्क, प्रिलोड एड्जस्टेबल मोनोसक्र रियर सस्पेन्सन र ड्यूल च्यानल एबीएस रहने अनुमान गरिएको छ ।

नेपालमा समेत विक्री हुँदै आएका यी दुबै मोडल निकै सफल मानिन्छन् । त्यसैले भारतमा विक्री सुरु भएको केही महिना भित्रै यी मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top