यस्तो विषेशतासहित आउँदै यामाहा वाइजेडएफ–आर२५

जापानीज टु ह्वीलर उत्पादक कम्पनी यामाहाले वाइजेडएफ–आर२५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरको छ । नयाँ संस्करणको यो मोडल आगामी नोभेम्बरमा इन्डोनेसियामा आयोजना हुने मोटरसाइकल शोमा लन्च हुनेछ ।  

उक्त अटो शो अक्टोवर ३१ बाट नोेभेम्वर ४ सम्म संचालन हुनेछ । यामाहा वाईजेड एफ–२५ र वाईजेड एफ आर थ्रिमा एकै प्रकारको डिजाइन दिइएको छ । यामाहा वाईजेडएफआर–२५को कतिपय विशेषता वाईजेडएफ आर३ मा समावेश गरिएको छ । 

साथै यसमा क्लिप अन ह्यान्डलबार, स्टेप अप स्प्लीट सिट, डबल टोन एलईडी टेल लाइट लगाइएको छ । २४९ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन लगाइएको छ । यसले ३५ बिएचपी पावरका साथै २२ एनएम टर्क उत्पादन गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स लगाइएको छ । 


Back_to_top