काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी जिलीको प्रिमियम ब्राण्ड जिकरले नोभेम्बर १७ तारिखमा नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको एम भीजन कन्सेप्ट कार ‘एसइए–एम आर्किटेक्चर’मा उत्पादन हुन लागेको हो ।
कम्पनीले यसको ठूलो संख्यामा उत्पादन सन् २०२४ बाट सुरु गर्ने जनाएको छ । जिकरले यसमा अटोनोमस ड्राइभिङ टेक्नोलोजीको समेत प्रयोग गर्ने विषय अमेरिकाको लस एन्जलसबाट घोषणा गरेको हो । जिकरले सन् २०२५ सम्म वार्षिक ६ लाख ५० हजार यूनिट प्रिमियम कार विक्री गर्ने योजना बनाएको छ ।
कम्पनीले तयार गरेको ‘एसइए-एम आर्किटेक्चर’ भविष्यमा हुने इन्टेलिजेन्ट ट्राभललाई ध्यानमा राखेर तयार गरेको दावी छ । यसलाई कम्पनीले विश्वकै पहिलो प्योर इलेक्ट्रीक अटोमोटीभ आर्किटेक्चर भनेको छ । जसको सहायताले अब्यबस्थित यात्रा समेत गर्न सकिने कम्पनीले जनाएको छ । यसमा २७०० देखि ३३०० एमएमको ह्वीलवेस रहने छ ।
लेभल ४ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम रहने यो कारमा मल्टीफङसनल सिट, फरक बडी डिजाइन, फराकिलो क्याविन, प्रसस्त लेगरुम र हेडरुम रहने छ । कम्पनीले यसमा रहेको ब्याट्री र मोटरमा ५ लाख किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ । एक पटकमा निरन्तर १६ घन्टासम्म यसलाई चालक चलाउन सक्ने कम्पनीले दावी गरेको छ ।
नयाँ कारमा रहने ब्याट्री र मोटर साइजको विषयमा भने जिकरले कुनै आधिकारीक जानकारी दिएको छैन ।


