डिजिटल मालपोत उद्घाटन गर्न भूमिसुधार मन्त्री साँखुमा, यस्तो थियो सडकको हालत

काठमाडौं । चाबहील-साँखुको हिलाम्य सडक पारगर्दै भूमी व्यवस्थापन तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल साँखु मालपोत कार्यालय उद्घाटनका लागि पुगेकी थिइन् । 

साँखु मालपोत कार्यालयलाई आधुनिक सुविधायुक्त बनाएर उद्घाटन कार्यक्रम राखिएको थियो । बिहान करिब ९ बजे सिंहदरवारबाट लावा लस्करसहित मालपोत कार्यालय उद्घाटन गर्न पुगेकी मन्त्री अर्यालले सडककै कारण करिब १५ किलोमिटर दुरीमा रहेको साँखु पुग्न ढेड घन्टा लागेको थियो ।

बिहान ९ बजे सिंहदरबारबाट साँखुका लागि निस्केको उनको जीप बानेश्रर, गौशला चाबहिल, जोरपाटी, थली, ब्रमखेलहुँदै साँखु पुगेको थियो । 

मित्रपार्कसम्म ठिक–ठिकै रहेको सडकको अवस्था चाबहिलबाट उत्तालागेपछि भने हिलाम्य र खाल्टा खुल्टीले भरिएको थियो । त्यही सडक हुँदै मन्त्री अर्याल साँखु पुगेकी थिइन् । 

झट्ट हेर्दा धान रोप्ने तयार पारिएको खेत जस्तै देखिएको उक्त सडक निर्माण सूर भएको ४ वर्ष पुरा भइसकेको छ । राजनीतिक नेतृत्वको बेखवरीपन र ठेकेदार कम्पनीको चरम लापर्वाहीको सिकार भएको यो सडकखन्ड कही गाडी गुडाउन लायक छैन । 

यस्तो सडकबाट साँखु पुगेकी मन्त्री अर्यालले मालपोत डिजिटल भएको घोषणा गरिन् । तर, स्थानियवासीलाई मालपोत डिजिटल भएको विषयले कही छोएको थिएन । 


Back_to_top