रातभर परेको बर्षाको कारण धादिङको बैरेनी भन्ने स्थानमा गएको पहिरोको कारण राजमार्ग ठप्प भएको छ ।
आज बिहान ८ बजे पहिरो जान सुरु भएकाे थियो । पहिरो हटाउने प्राबिधिक टोली खटिसकेको र पहिरो हटाउनै अझै २ देखि ३ घण्टा लाग्ने ट्राफिक प्रहरिले जनाएको छ ।
ठुलो मात्रामा पहिरोको कारण सडक दोहोरो अवरुद्ध भएको छ भने सवारीसाधनको अत्याधिक जाम लागेको छ ।


