बजाज पल्सर एफ २५० को नयाँ भर्सन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । बजाजले पल्सर एफ २५० को २०२४ मोडल भारतमा सार्वजनिक गरेको छ । कम्पनीले सामान्य अपडेटका साथ पल्सर एफ २४० को २०२४ मोडल ल्याएको हो ।

केही समय अगाडि मात्र यूएसडी फर्क सहितको पल्सर एन २५० ल्याएको कम्पनीले तीन एबीएस मोडहरू थप गरेर एफ २५० ल्याएको हो ।

एफ २५० मा रोड, रेन र अफरोड एबीएस मोड उपलब्ध छ । यसका अलावा २०२४ मोडलमा नयाँ इन्स्टुमेन्ट कल्सटर ब्लुटुथ, टर्न बाइ टर्न नेभिगेसन जस्ता सुविधाहरु दिइएको छ । यसका अलावा कम्पनीले अन्य परिर्वतन गरेको छैन् ।

पल्सर एफ २५० मा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ८७५० आरपिएममा २४.१ एचपी र ६५०० आरपिएममा २१.५ एनएम टर्क उत्पादन गर्दछ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

कम्पनीले यसको मूल्य भारतमा १ लाख ६५ हजार ९०० भारतीय रुपैयाँ तोकेको छ ।

पल्सर एफ २५० हालसम्म नेपाली बजारमा सार्वजनिक भएको छैन् ।


Back_to_top