आजबाट सुरु भएको २०१९ फ्र्यांकफर्ट मोटर शोमा फक्सवागनले आफ्नो पहिलो इलेक्ट्रीक कार ‘आईडी ३ फर्स्ट’ सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक कार आईडी ३ लाई तीन भेरियन्टमा सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको तीन भेरियन्टले ३३० किलोमिटरदेखि ५५० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने कम्पनलिे जनाएको छ । कम्पनीले यसको मूल्यभने सार्वजनिक गरेको छैन ।
बेस भेरियन्टको रुपमा ल्याएको आईडी ३ फस्टमा ४५ किलोवाटको ब्याट्री जडान गरिएको छ । उक्त व्याट्री प्याकले एकपटकको फुलचार्जमा ३३० किलोमिटरको दुरी तय गर्ने जनाइएको छ ।
अर्को भेरियन्ट आईडी ३ फस्ट प्लसमा ५८ किलोवाटको ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ४२० किलोमिटर यात्रा गर्न सकिन्छ ।
टप भेरियन्टको रुपमा आएको आईडी ३ फस्ट म्याक्समा ७७ किलोवाटको ब्याट्री जडान गरिएको छ । यसको रेन्ज ५५० किलोमिटर रहेको छ ।
यी व्याट्रीलाई १०० किलोवाटको फास्ट चार्जबाट ३० मिनेटमा ८० प्रतिशतसम्म चार्जगर्न सकिने जनाइएको छ ।
फक्सवागेनले ह्याचव्याक कारको रुपमा बजारमा ल्याएको यो कारमा ५ सिट क्षमता रहेको छ । स्मार्टफोन कनेक्टिभिटीको सुविधा रहेको कारमा नेभिगेशन, हिटेड सिट्स र १८ इन्चको अलोय ह्वील दिइएको छ ।
क्रुज कन्ट्रोल, रियर भ्यु क्यामेरा, किलेस इन्ट्री, २ युएसबी पोर्ट, एम्बिएन्ट लाइटिङ, हेड्स अप डिस्प्ले, बिट्स साउण्ड सिस्टम, प्यानोरेमिक सनरुफ र २० इन्चको अलोय ह्विल समावेश गरिएको छ ।

