फक्सवागन पोलो: नयाँ राम्रो कि पुरानै ठिक, यस्तो छ फरक

काठमाडौं । फक्सवागनले ६ दिन अगाडि भारतीय बजारमा पोलो र भेन्टोको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो । 

कम्पनीले नेपाली बजारमा पोलो र भेन्टो दुबै कार बिक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीको इन्ट्रीलेवल कार पोलोले नेपाली बजारमा राम्रैै बजार पाइरहेको छ । 

यस्तोमा पोलो किन्ने सोच बनाएका ग्राहकलाई जानकारी दिने उद्देश्यले हामीले नयाँ र पुरानो पोलोमा रहेको भिन्नता जानकारी दिने उद्देश्य राखेका छौं । 

एक्सटेरियर र इन्टरियर फिचर

नयाँ पोलोको फ्रन्ट र रियरमा जिटिआई इन्स्पायर्ड बम्पर लगाइएको छ भने, ब्ल्याक हनीकम्ब ग्रिलसँगै क्रोम ट्रिप दिइएको छ । टेलल्याम्प र फ्रन्ट ल्याम्पमा ब्ल्याक साइड स्ट्रिप दिइएको च भने नयाँ सनसेट रेड पेन्टस अप्सन दिइएको छ । 

फेसलिफ्ट पोलोमा नयाँ कनेक्टीभिटी फिचर दिइएको छ । यसले ट्रिप ट्राकिङ, ड्राइभरको व्यवहार, लोकेशन सेयरिंग, फ्युल मनिटरिङ लगायतका सिस्टमको व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । 

यसमा सिटवेल्ट रिमाइन्डर सिस्टम, रियर पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, डबल एयरब्याग, एबीएस, इबीडी जस्ता सुरक्षा फिचर पाउन सकिन्छ । 

यसको पुरानो मोडलमा एबीएस, एयरब्याग, गाल्भानाइज्ड स्टीलले बनेको बडी, पावर विन्डो, रियर भ्यु क्यामरा, पोलन फिल्टर, एयर कन्डिशन, पावर स्टेरिंग आदि फिचर रहेको थियो । 

इन्जिन

नयाँ पोलोमा उपलब्ध १.० लिटर न्याचुरल्ली एस्पायस्र्ड पेट्रोल इन्जिनले ७६ हर्षपावर र १.५ लिटर डिजेल इन्जिनले ९० हर्षपावर उच्चतम शक्ति प्रदान गर्न सक्छ । पोलोको रेगुलर मोडलमा उपलब्ध ९९९ सीसीको एमपीआई इन्जिनले ६२०० आरपीएममा ७६ पिएस पावर तथा ३००० देखि ४३०० आरपीएममा ९५ एनएम टर्क उत्पादन गर्छ ।

साइज

फेसलिफ्ट भर्सनको पोलोको लम्बाई ३९७१ एमएम, चौडाई १६८२ एमएम र उचाई १४७९ एमएम रहेको छ । यसमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स र २४७० एमएमको ह्वीलवेश दिइएको  छ । 

पुरानो पोलोको लम्बाई ३९७० एमएम, चौडाई १६८२ एमएम र उचाई १४५३ एमएम रहेको छ । यसमा १६८ एमएमको ग्राउन्ड क्लियरेन्स र २४५६ एमएमको ह्वीलवेश लगाइएको छ । नयाँ कार पुरानो भन्दा केही अग्लो रहेको छ ।


Back_to_top