भोलिबाट टोयोटाको एक्सचेन्ज मेला, यस्ता छन् नयाँ अफर

काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारिक वितरक युनाइनेट ट्रेडर्स सिन्डिकेट प्रालिले भोलि असोज १० गतेदेखि १२ गतेसम्म एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । कम्पनीले पुरानो मोडलको उत्कृष्ट मूल्यांकन गर्नुका साथै नयाँसँग एक्सचेन्ज गर्दा २ लाख रुपैयाँसम्म नगद छुट दिने भएको हो । 

साथै, नयाँ मोडलको खरिदमा एक वर्षको निःशुल्क इन्स्योरेन्ससँगै उत्कृष्ट फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

टोयोटाको चर्चित एसयूभी रसको मिड अटोमेटिक भेरियन्टको खरिदमा तीन लाख ५० हजार रुपैयाँ छुट दिइरहेको छ । रस मिड एमटीको नेपाली बजारमा मूल्य ७३ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले अफर आगामी दशैंसम्म मात्रै उपलब्ध हुने जनाएको छ । 

कम्पनीले यो एक्स्चेन्ज अफर योजना ललितपुरको बखुन्डोलमा रहेको ग्यालेक्सी शोरुममा संचालन गर्नेछ । अहिले कम्पनीले ल्यान्डक्रुजर, प्राडो, र्याभफोर, रस, हाइलक्स, इटीएस लिभा, क्याम्री, इटीएस क्रस लगायतका प्यासेन्जर कार बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top