काठमाडौं । राजधानीको गैरीधारामा इसुजुको नयाँ शोरुम संचालनमा ल्याएको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरेका हुन् । यो इसुजुको ११ औं शोरुम हो । उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो ।
शोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी दिए ।
इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको घिमिरेले बताए ।
वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको दाबी गरेको छ ।
कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्यका साथ देशभर सर्भिस सेन्टर र शोरुम खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने लक्ष्य लिएको छ ।
हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुवाति मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र एसयुभी मक्स बिक्री गरिरहेको छ । यसको मक्स एसयूभीको मूल्य एक करोड ४४ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्दै आएको छ ।
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने लक्ष्यका साथ काम गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

