यामाहाले भारतीय बजारमा आफ्नो बजार हिस्सा बढाउन सबै किसिमको प्रयास गरिरहेको छ । २०१९ को सुरुवातमा एमटी १५ सार्वजनिक गरेको कम्पनीले यही बर्षको अन्तिमसम्ममा एमटी २५ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
कम्पनीले ५०० सीसीभन्दा कम क्षमताको हाई पर्फमेन्स प्रिमियम मोटसाइकल सेग्मेन्टमा आफ्नो बजार हिस्सा बलियो बनाउन एमटी २५ नेकेड भर्सन मोटरसाइकल ल्याउन लागेको जनाइएको छ ।
निकै एग्रेसिभ, सार्प र बोल्ड डिजाइनमा निर्माण भएको यो मोटरसाइकलमा क्र्फ्टेड लुकिङ हेडल्याम्प, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, आर्कषक फिउल ट्याङ्क दिइएको छ ।
आरामदायी चालक सिट, स्प्लीट पिलियन सिट, स्प्लीट ग्रयाब रेल, कम्प्याक्ट एण्ड सार्प एलइडी टेललाइट, स्पोर्टी रिम सहितको अलोय ह्वीलजस्ता फिचरले मोटरसाइललाई प्रिमियम बनाएको छ ।
२४९ सीसी लिक्वीड कुल, फोर स्टोक, ८ भल्भ, डिओएचसी, इनलाइन–ट्वीन इन्जिनको साथ आउने एमटी २५ मा ६ स्पीड गियरबक्स दिइएको छ । उक्त इनिजनले १२ हजार आरपीएममा ३५.५ बीएच पावर र १० हजार आरपीएममा २२.६ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रतिलिटर ३० देखि ३५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।
दुबै चक्कामा डिस ब्रेकसहित आउने यामाहा एमटी २५ मा डबल च्यानल एबीएस दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मल्टी स्टेप एड्जस्ट गर्न मिल्ने मोनोसक दिइएको छ । भारतीय बजारमा अनुमान गरेकै समयमा सार्वजनिक भए यो मोटरसाइकल त्यसको केही महिनापछि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।


