तयार हुँदै महिन्द्राको इलेक्ट्रीक कार ‘e2o Nxt’, यस्तो छ माइलेज र अन्य फिचर

महिन्द्राले आफ्नो चर्चित ह्याचव्याक इलेक्ट्रीक कार इटुवको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको भारतीय अटो मिडिया ‘अटोपोर्टल’ले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार नयाँ इटुव डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२० भित्र सार्वजनिक भइसक्ने अनुमान गरेको छ ।

दिल्ली अटो शो २०२० आगामी फेब्रुवरी ७ वाट सुरु हुने भएकोले संभवत महिन्द्राको इलेक्ट्रीक कम्प्याक ह्याचव्याक अटो एक्स्पोमा नै सार्वजनिक हुने छ । यद्यपी यस विषयमा भने कम्पनीले आधिकारीक रुपमा कुनै धारणा बाहिर ल्याएको छैन । 

नेपाली बजारमा अग्नी इन्कर्पोरेट अन्तर्गतको अग्नी इनर्जीले बिक्री गर्दै आएको इटुव निकै राम्रो संख्यामा बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ । 

नयाँमा कस्तो फरक

नयाँ इटुव पुरानोको तुलमा धेरै प्रिमियम हुने बताइएको छ । यसमा हेडल्याम्पको यूनिट पूर्णत एलइडी रहने छ भने फंकी अलोय ह्वीलको प्रयोग गरिने छ । 

गाडीलाई स्पोर्टी लुक्स प्रदान गर्न स्कीड प्लेटको प्रयोग गर्ने अनुमान गरिएको छ भने यसको नाम ‘इटुओ नेक्ट’ नामबाट बजारमा आउन सक्ने छ ।  

व्याट्री र पावर

कम्पनीले नयाँ ‘इटुओ नेक्ट’मा थ्री फेज इन्डक्सन मोटरको प्रयोग गर्ने छ जसले ७२ भोल्टको व्याट्रीबाट कारलाई गुडाउने छ । एकपटकको फुल चार्जमा यो कारले १४० किलोमिटर माइलेज दिने अनुमान गरिएको छ ।

घरको सामान्य बिजुलीमा यसलाई फुल चार्जगर्न ९ घन्टा लाग्ने छ भने फास्ट चार्जरबाट चार्जगर्दा भने ९० मिनेटमा चर्जगर्न सकिने छ । यसको उच्चतम गति भने ८० किलोमिटर प्रतिघण्टा रहने छ ।

कारमा दिइएको मोटरले अधिकतम पावर ४० बीएच उत्पादन गर्छ भने टर्क ९१ एनएम हुने छ ।

सुरक्षा फिचर

नयाँ इलेक्ट्रीक कार पुरानोको तुलनामा निकै सुरक्षीत हुने छ । यसमा एयरव्याग, एबीएस, इबीडीलगायतका अन्य फिचर समावेस हुने अनुमान गरिएको छ ।

इन्टेरियर

‘इटुओ नेक्ट’को इन्टेरियर रेगुलर मोडलको तुलनामा निकै आकर्षक र प्रिमियम हुनेछ । यसमा ठूलो ट्यावलेट डिजाइनको टच स्कृन, सबै प्रकारका कनेक्टीभीटी, म्यूजिक सिस्टम, एसी, हिटर, यूएसबी पोर्ट लगायतका फिचर समावेस हुने छन् ।   


Back_to_top