जावाको ९० औं वर्षमा ९० यूनिट स्पेशल मोटरसाइकल, यस्ता छन् विशेषता

जावाले आफ्नो स्थापनाको ५० वर्ष पुरा गरेको अवशरमा स्पेशल एडिसन सार्वजनिक गरेको छ । जुन स्टायडर्ड मोडल जस्तै १ लाख ७२ हजार भारुमा बिक्री हुने छ । 

कम्पनीले आफ्नो स्थापना दिवस आगामी अक्टोबर २२ मा मनाउन गइरहेको छ । यस्तोमा कम्पनीले अक्टोबर १५ भित्र यी स्पेशल ९० यूनिट जावालाई आफ्नो डिलरमा पुर्याउने जनाएको छ । कम्पनीले यी मोटरसाइकल किन्ने ग्राहकलाई लक्की ड्र गरेर वितरण गर्ने जनाएको छ ।

कम्पनीले ल्याउने स्पेशल एडिसनमा पनि स्टायडर्ड मोडलकै २९३ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । 

स्पेशल एडिसनमा जावा ५०० ओभीएचमा जस्तै रेड र आइभोरी कलर स्कीम दिएको छ । यी सबै ९० यूनिट मोटरसाइकलको फ्यूल ट्याङ्कीमा ९० औं वर्षको स्पेशल इम्बेड प्रिन्ट दिइएको छ भने सबै मोटरसाइकलमा सिरियल नम्बर दिइएको छ । 


Back_to_top