नोभेम्बरमा नयाँ इन्जिनसहितको यामाहा एफजेड सिरिज सार्वजनिक हुने

यामाहाको सर्वाधिक बिक्री हुने एफजेड सिरिजका मोटरसाइकल एफजेड, आर १५ र एफजेडएस नयाँ इन्जिनमा आउने भएको छ । कम्पनीले यी मोटरसाइकललाई नोभेम्बर महिनामा नै सार्वजनिक गर्ने तयारी भइरहेको भारतीय मिडिया इन्डियनअटो व्लगले उल्लेख गरेको छ । कम्पनीले आगामी अप्रिल १ बाट भारतमा लागु हुने नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन दिन लागेको हो ।

यी मोडलमा उपलब्ध १४९ सीसी सिंग सिलिन्डर एयर कुल्ड एसओएचसी इन्जिनले १२.४ पिएस पावर उत्पादन गर्ने छ । उक्त इन्जिनमा पाँच स्पीड गियरबक्स जडान  गरिएको छ । यी बाइकको  आकारमा समेत केही परिमार्जन गरिएको छ ।  परिमार्जित बाइकको लम्बाई १९०० एमएम, चौडाई ७८० एमएम र उचाई १०८० एमएम रहेको कम्पनीले जनाएको छ । यसको सिट हाइट र ग्राउन्ड क्लियरेन्स पुरानोे मोडलका जति नै हुने छ । कम्पनीले बताए अनुसार मोटरसाइकलमा ७९० एमएमको सिट हाइट र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

इन्जिनका अलवा मोटरसाइकलमा केही नयाँ फिचर थपिएका छन् । एफजेड र एफजेडएस भर्सनमा नयाँ एलइडी हेडलाइट, नेभिगेटिभ इन्स्ट्रुमेन्ट कन्सोल, सिंगलपिश सेट अप सिट लगाइएको छ । 

मोटरसाइकललाई प्रिमियम लुक्स दिनको लागि एडिशनल बडि प्यानल लगाइएको  छ भने, क्रोम हेडलाइटको प्रयोग गरिएको छ । 

बाइकको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक दिइएको छ । दुबै पांग्रामा डिस्क ब्रेक दिइएको बाइकलाई अझ सुरक्षित बनाउन सिंगल च्यानल एबीएसको विशेषता दिइएको छ । बाइकको दुबै टायर १७ इन्चको अलोय ह्वील दिइएको छ । 


Back_to_top