भाइवर चलाउँदा यसरी जित्न सकिन्छ टीभीएसको स्कुटर

काठमाडौं । नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले म्यासेजिङ एप्लिकेसन भाइवरमार्फत डाउनलोड एन्ड विन चाडपर्व योजना ल्याएको छ ।

नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न सो योजना शुरु गरिएको कम्पनीले बताएको छ ।

यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारबाट टीभीएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्छ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टीभीएस जुपिटर क्लासिक स्कुटर प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ ।

यस अवसरमा जगदम्बा मोटर्स प्रालिका एमडी शाहिल अग्रवालले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई अतिरिक्त लाभ प्रदान गर्न नयाँ तथा नवीनतम योजना ल्याइरहेका छौं जुन हाम्रो बिक्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको छ । हामीलाई विश्वास छ कि यो प्रयासलाई सबैले प्रशंसा गर्नेछन् र हामीले अत्यधिक प्रतिक्रियाहरु प्राप्त गर्नेछौं ।’

राकुटेन भाइवरका अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसीले भनेका छन्, ‘हामी यो चाडपर्व अफरमार्फत नेपाली प्रयोगकर्तालाई थप खुशी प्रदान गर्न टीभीएससँग फेरि काम गर्न पाउँदा निकै प्रसन्न छौं । नेपाल राकुटेन भाइवरका लागि निकै महत्वपूर्ण बजार हो र हामी हाम्रा प्रयोगकर्ताका लागि थप मुल्यवान बनाउन सधै खुशी छौं ।’

टीभीएस मोटर कम्पनी, ८.५ बिलियन अमेरिकी डलर भएको टीभीएस ग्रुपको फ्ल्यागसिप संगठन अन्तर्गतको एक प्रतिष्ठित दुई पाङग्रे र तीन पाङग्रे सवारी निर्माता हो । 


Back_to_top