यस्तो इलेक्ट्रीक कार ल्याउदै निसान

जापानी कार उत्पादक कम्पनी निसानले आफ्नो दोस्रो इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गरेको छ । निसानले यसअघि सन् २०१० देखि लिफ इलेक्ट्रीकको उत्पादन गर्दै आएको छ । 

निसानले ल्याएको उक्त कन्सेप्ट कारले अमेरिकी चर्चित इलेक्ट्रीक कार ब्राण्ड टेस्लाका उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने छ । 

निसानले सन् २०२१ सम्ममा यसलाई बजारमा उतार्ने अनुमान गरिएको छ । नयाँ क्रसओभर इभी कारले शून्यदेखि १०० किलोमिटरको रफ्तार पकड्न ५.२ सेकेन्ड लगाउने छ । 

निसानको नयाँ विद्युतीय कारले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। 

निसानको लिफ संसारभर सर्वाधिक बिक्री भएको मोडल हो । कम्पनीले ९ वर्षको अवधिमा करिब ५ लाख लिफ बिक्री गरेको छ । संसारका ५० भन्दा बढी देशमा बिक्री भइरहेको यो कार नेपाली बजारमा सन् २०२० जनवरीसम्ममा आउने अनुमान गरिएको छ । 


Back_to_top