विश्व चर्चित कम्पनीका दुई सस्ता र सुरक्षीत कार, कुन किन्दा ठिक

काठमाडौं । विश्व बजारमा बलियो, सुरक्षीत र आरामदायी कार निर्माणमा बर्चस्व कायम गरेका टोयोटा र फक्सवागेनका कम मूल्यमा बिक्री गर्ने कार नेपाली बजारमा पनि बिक्री वितरण भइरहेको छ । 

नेपालमा विगत ५३ वर्षदेखि टोयोटाको गाडी बिक्री वितरण गर्दै आएको बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भारतमा बनेको इन्ट्री लेवल कार लिभाको बिक्री वितरण गरिरहेको छ ।

त्यसैगरी फक्सवागनको आधिकारीक वितरकको रुपमा विशाल ग्रुप अन्तर्गतको पुजा इन्टरनेशनलले पोलो कार बिक्री वितरण गर्दै आएको छ ।

सबैभन्दा सुरक्षीत सस्तो कार


यी दुबै कार भारतीय बजारमा बनेका कार हुन् । लगभग समान विशेषता रहेका यी कारमा उस्तै किसिमका सुरक्षा फिचर पाउन सकिन्छ । यी दुबै कारले अक्टोबरमा भएको ग्लोवल एनक्यापमा एडल्टतर्फ ४ स्टार सेफ्टी रेटिङ पाएका छन् । बच्चाको सुरक्षाको लागि लीभाले २ स्टार रेटिङ पाएको छ भने पोलोले ३ स्टार पाएको छ । 

पोलो

कम मूल्यको नयाँ पोलो १.० लिटर क्षमतामा बजारमा पाउन सकिन्छ । कम्पनीले पोलो १.० लाई विभिन्न चार भेरियन्टमा बजारमा उतारेको छ । जसमा टीएल, सीएल, एचएल र एचएल प्लस हुन् । टीएल भेरियन्टको मूल्य २७ लाख ४५ हजार, सीएलको ३० लाख ४५ हजार, एचएलको ३४ लाख ४५ हजार र एचएल प्लसको ३५ लाख ९५ हजार रुपैयाँ तोकेको छ । 

९९९ सीसीको एमपीआई इन्जिन भएको यो पोलोले ६२०० आरपीएममा ७६ पीएस पावर तथा ३००० देखि ४३०० आरपीएममा ९५ एनएम टर्क उत्पादन गर्छ ।  यो इन्जिनले ग्राहकलाई इन्धन बचतमा सहयोग पुग्ने छ । सुरक्षाको लागि कारमा एन्टी लक ब्रेकिङ सिस्टम, एयर ब्याग, गाल्भानाइज्ड बडी, पावर विन्डो, रियर भ्यु क्यामरा, पोलन फिल्टर लगायतका फिचर उपलब्ध रहेको छ । 

टोयोटा लिभा

१.२ लिटर फोर सिलिण्डर सेग्मेन्टमा टोयोटाले भारतीय बजारमा उत्पादन गरेको लिभा निकै सुरक्षीत कारमा पर्छ । यसमा दिइएको ११९७ सीसी क्षमताको इन्जिनले ५६०० आरपीएममा ७९ बीएच पावर र ३१०० आरपीएममा १०४ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

सुरक्षाको लागि कारमा एयरव्याग, प्यासेन्जर एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोविलाइजर, चाइल्ड सेफ्टी लक, हेडल्याम्प बीम एड्जस्टर, सेन्टर लकिङ सिस्टम, पावर वीन्डो, ओआरभीएममा टर्न इन्डिकेटर, रियर वाइपर जस्ता फिचर उपलब्ध रहेको छ ।

नेपाली बजारमा लिभा भिएक्स मोडल मात्र उपलब्ध रहेको छ । उक्त मोडलको मूल्य ३६ लाख ७० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 


Back_to_top