यस्तो छ हार्ले डेभिड्सनको पहिलो नेकेड मोटरसाइकल

विश्व चर्चित क्रुजर मोटरसाइकल निर्माता कम्पनील हार्ले डेभिड्सनले सन् २०१८ मा पहिलो पटक सार्वजनिक गरेको ‘स्ट्रीटफाइटर ९७५’ कन्सेप्टलाई उत्पादन मोडलमा परिणत गरेको छ । 

कम्पनीले तयार गरेको पहिलो नेकेड बाइक भी–ट्वीन’मा ९७५ सीसी क्षमताको भी ट्वीन इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ बीएच पावर र ११२ एनएम टर्क जेनेरेट गर्छ । यसलाई अन्तर्राष्ट्रिय बजारमा यामाहा एमटी–०९ को प्रतिस्पर्धी मोडलको रुपमा हेरिएको छ । यद्यपी यामाहा एमटीको तुलनामा यसको टर्क १० प्रतिशतले बढी रहेको छ ।

हार्लेले यो नयाँ बाइकको बिक्री वितरण भने २०२० को अन्त्यसम्ममा सुरु गर्ने अनुमान गरिएको छ । साथै, यसको मूल्य १० देखि १५ हजार डलर हाराहारीमा पर्ने छ । 


Back_to_top