जनवरीमा नेपाल आउँदै टाटाको ३ नयाँ कार

काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको तीन नयाँ मोडल २०२० जनवरीको अन्त्यसम्म नेपाली बजारमा पनि आउने भएको छ । टाटा मोटर्सको नेपालकको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले ती नयाँ कार नेपाल ल्याउने जनाएको हो ।

टाटाले नयाँ वर्ष २०२० को अवसर पारेर आफ्नो तीन नयाँ मोडल बजारमा उतार्ने भएको छ । जसमा बजड (टाटा एच५लाई ७ सिट क्षमतामा ल्याउने), नेक्सन इभी र अल्ट्रोज हुन् ।

कम्पनीले ल्याउने यी तीनवटै गाडी विशेष रहेको छ । बजड ७ सिट क्षमताको एसयूभी हो भने नेक्सन इभी टाटाको बहुप्रतिक्षीत इलेक्ट्रीक सब कम्प्याट एसयूभी हो । त्यसैगरी कम्पनीले ल्याउन लागेको अर्को कार प्रिमियम ह्याचव्याक कार अल्ट्रोज हो । 

‘कम्पनीले भारतीय बजारमा सार्वजनिक भएको केही दिनमै नेपालमा सार्वजनिक गर्न तयारी रहनु भनेको छ, त्यही अनुसार हामी तयारी गरिरहेका छौं’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो । 

बजड

टाटाको नयाँ कार बजड ह्यारीयर (नेपालमा नाम एच५) को ७ सिटर भेरियन्ट हो । यो मोडल ह्यारीयरभन्दा ६३ एमएम लामो, ८० एमएम अग्लो रहेको छ भने यसमा ५ स्पोक सिल्भर अलोय ह्वील दिइएको छ ।

कम्पनीले यसमा २.० लिटर ४ सिलिण्डर डिजल इन्जिन दिएको छ । उक्त इन्जिनले १७० बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड म्यानुयल गियरबक्स रहने उक्त एसयूभी अटोमेटिक ट्रान्समिसनमा समेत उपलब्ध रहने छ । 

अल्ट्रोज 

टाटाले दुई पटकसम्म सार्वजनिक गर्ने मिति परिवर्तन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज अब भने सार्वजनिक हुने भएको छ । कम्पनीले अब अल्ट्रोजलाई भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा ल्याउने छ । 

कम्पनीले २०१९ जेनेभा अटो शोमा सार्वजनिक गरेको उक्त कार १.२ लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले १०२ पीएस पावर र १४० एनएम टर्क जेनेरेट गर्छ  । यसले बजारमा मारुती सुजुकी बलेनो र हुन्डाईको इलाइट आई २० सँग सिधा प्रतिस्प्रर्धा गर्नेछ । 

नेक्सन इभी

टाटा नेक्सनको इलेक्ट्रीक मोडलपनि २०२० को सुरुवातमा आउने अनुमान गरिएको छ । सिप्रदी स्रोतका अनुसार कम्पनीले २०२० जनवरीमा इलेक्ट्रीक कार नेक्सन आउने जानकारी दिएको छ । तर, कुन मितिमा सार्वजनिक हुन्छ भन्ने विषयमा भने जानकारी दिएको छैन ।

यद्यपी, सिप्रदीले नेक्सन इभी सार्वजनिक गर्न चाहिने तयारीमा आफुहरु जुटेको जानकारी दिएको छ ।

टाटाले तयार गरेको जीपट्रोन पावरट्रेनमा आउने नेक्सन पहिलो इलेक्ट्रीक एसयूभी हुनेछ । करिब ३५० किलोमिटर माइलेज प्रदान गर्ने उक्त इलेक्ट्रीक कार टाटाको प्रतिक्षीत गाडी हो ।  


Back_to_top