काठमाडठौं । लक्ष्मी कमर्सियल भेहिकल प्रालीले एकै छत मुनि सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । साथै यहि अवसरमा ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ । लक्ष्मी कमर्सियल भेहिकल लक्ष्मी गु्रपको सहायक कम्पनी रहेको छ । नेपालको लागि एसएमएल इशुजुको सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालमा ग्राहकहरुलाई विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।
कम्पनीले काठमाण्डौँ नैकाप गुर्जुधारामा थ्री एस सेवा सहितको शोरुम संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । यस थ्री एस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा कम्पनीले नयाँ ग्लोवल सेरिज ट्रक र टिप्परसमेत सार्वजनिक गरेको छ । नयाँ सुरुवात इशुजुको डिजाइनको फिलोसफिमा आधारित रहेको छ ।
लक्ष्मी कमर्सियल भेहिकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिक÷निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

