काठमाडौं । १५० सीसी सेग्मेन्टमा जिपिएक्सको डिमोन रेसिङ मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको लागि जिपिएक्सको आधिकारीक बिक्रेता ओमेगा अटोमोवाइलले नेपाली बजारमा यो मोटर साइकल बिक्री वितरण गर्दै आएको हो ।
साइजमा केही सानोदेखि ने यो रेसिङ बाइकको लम्बाई १८०० एमएम, चौडाई ८०० एमएम र उचाई १२०० एमएम रहेको छ भने यसको ह्वील वेस १२४० एमएम रहेको छ । चालकलाई बस्न सहज होस् भनेर यसमा ७७० एमएमको सिटहाईट दिइएको छ ।
आरामदायी यात्राको लागि अगाडि अपसाइड डाउन फर्क र पछाडि मोनोसक दिइएको यो मोटरसाइकलमा सुरक्षाको लागि दुबै चक्कामा सिंगल डिस्क ब्रेक दिइएको छ ।
८ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको यस मोटरसाइकलमा १४९ सीसी क्षमताको एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८०० आरपीएममा १४.२ बीएच पावर प्रदान गर्छ भने ६५०० आरपीएममा १३.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
एक वर्ष अगाडिदेखि यो मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । ओमेगा अटोमोवाइलले नेपालमा बिक्री गरिरहेको डिमोन १५० को मूल्य ३ लाख ९३ हजार रुपैयाँ तोकिएको छ ।

