भायनेट जोड्दा शावमीका फोन पाइने

काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स्ले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको शावमी नोट ८ प्रो प्राप्त गर्ने छन् । त्यसैगरी २७ हजार ७ सयमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र शावमी नोट ८ प्राप्त गर्ने छन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार ७ सय ९० देखि सामसुङ र स्काइवर्थको ३२इन्चदेखि ४३ इन्चसम्मका एलइडी टीभीहरुका साथै इन्टरनेट र फ्रि नेट टीभी प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने जनाएको छ । 

सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले सुलभ मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आइरहेको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीएचएच इन्टरनेट सर्भिस शुरुवात गरे पश्चात र यो क्षेत्रका घरहरु र अफिसहरुलाई  एफटीएचएच सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ । 


Back_to_top